सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान कारगारमुक्त हुँदै

२०८० पुष ६, ०८:०५ खबर संवाददाता

एजेन्सीः पाकिस्तानको सर्वोच्च अदालतले सिफर प्रकरणमा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान तथा पूर्व विदेशमन्त्री शाह महमूद कुरेशीलाई जमानत दिएको छ। अदालतले पाकिस्तान पीटीआईका दुबै नेतालाई १०–१० लाख रुपैयाँ धरौटी जम्मा गर्न निर्देशन दिएको छ। यो आदेश न्यायाधिश सरदार तारिक मसूदको अध्यक्षतामा तीन सदस्यीय इजलासले जारी गरेको थियो। जसमा न्यायाधिश अतहर मिनल्लाह र सैयद मंसूर अली शाह पनि समावेश थिए।

सिफर प्रकरण एउटा राजनीतिक दस्तावेजसंग सम्बन्धित छ। इमरान खानले उक्त गुप्त दस्तावेजलाई सार्वजनिक गरेको आरोप लागेको छ। लामो समयदेखि उक्त दस्तावेजमा इमरानलाई प्रधानमन्त्री पदबाट हटाउनका लागि संयुक्त राज्य अमेरिकाको तर्फबाट धम्कि दिइएको थियो भन्ने कुरा पीटीआईले मान्दै आएको थियो। गत अक्टोबर २३ मा इमरान खान र उनका सहयोगी शाह महमूद कुरेशीलाई पहिलो पटक यस प्रकरणमा दोषी ठहराएको थियो। दुबैले आफूहरु दोषी नभएको अनुरोध गर्दै आएका थिए।

अदियाला जेलमा दुबैको मुद्दा चलिरहेको थियो र चार जना साक्षीहरुले पहिला नै आफ्नो वयान दर्ता गराइसकेका थिए। तर इस्लामाबाद हाईकोर्टले जेल मुद्दाका लागि सरकारको अधिसूचनालाई गलत ठहराउदै सम्पूर्ण कारवाहिलाई रद्द गरिदिएको छ।
 

कमेन्ट लोड गर्नुस