सुदूर नेपाललाई विश्वसँग जोड्दै

रूसी जहाजमा आगलागी : ४१ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख २३, ०१:४२ खबर संवाददाता

रूसमा आकस्मिक अवतरण गर्न खोज्दा जहाजमा आगलागी हुंदा ४१ जनाको मृत्यु भएको छ। रूसी समय अनुसार आइतबार साँझ ६ बजे सेरेमेतेभो विमानस्थलबाट मुर्मान्स सहरका लागि उडेको जहाजमा टेकअफ भएको केहीबेरमै समस्या देखिएको थियो। इन्जिनमा समस्या देखिएपछि चालकहरूले जहाज आकस्मिक अवतरण गराएका थिए तर धावनमार्गमा पुगेपछि जहाजमा इन्जिनमा आगो लागेको थियो। केही सञ्चारमाध्यमले पहिलो पटकको अवतरण प्रयास असफल भएपछि दोस्रो पटक फोर्स ल्याण्डिङ गरिएको जनाएका छन्।

राष्ट्रिय ध्वजावाहक एरोफ्लोटको सुखोई सुपरजेट (१०० उक्त जहाजमा  चालक दलका सदस्यसहित ७८ जना सवार थिए।  आगो लागिरहेको जहाजबाट एक मिनेटको अन्तरालमा केही यात्रुहरूलाई उद्धार गरिएको थियो। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस