सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०८४ सालको चुनावमा पुराना पार्टीलाई बढाछौँः रवि

२०८० पुष ६, ०५:०३ खबर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तीन दशकभन्दा बढी समयसम्म देशलाई ठगेका दलले भर्खर खुलेको पार्टीलाई गाली गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

स्याङ्जाको वालिङमा शुक्रवार आयोजित कार्यक्रममा उनले २०८४ सालको चुनावमा पुराना दललाई बढार्ने चेतावनीसमेत दिए। लामिछानेले भ्रष्टाचारमा लिप्त रहेर सत्ताको हालीमुहाली गरिरहेका दललाई विस्थापित नगरी देश नबन्ने बताए।

‘बोलेर मात्र हुँदैन रहेछ, हुनेभए मैले विश्व रेकर्ड तोडेको थिए। यिनीहरूलाई २०८४ मा बढार्नु पर्छ,’ उनले भने, ‘३४ वर्ष देश ठग्नेहरू भर्खर आएको दललाई गाली गरिरहेका छन्।’ भ्रष्टाचारको रजगज गरिरहेका दलले आगामी दिनमा आफूलाई अप्ठेरो पार्ने जान्दाजान्दै परिवर्तनको कठिन बाटो हिँडिरहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस