सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार्ल्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहारः १४ विद्यार्थीको मृत्यु, २५ बढी घाइते

२०८० पुष ६, ०७:२२

चेक रिपब्लिकमा एक बन्दुकधारीले विश्वविद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाउँदा १४ विद्यार्थीको मृत्यु भएको छ। २५ भन्दा बढी घाइते भएका छन्।

बन्दुकधारी चार्ल्स विश्वविद्यालयका २४ वर्षीय विद्यार्थी रहेको पुष्टि भएको छ। उनी मृत भेटिएका छन्। उनको मृत्यु आत्महत्या वा प्रहरी कार्वाहीमा भयो भन्‍ने स्पष्ट भएको छैन। बन्दुकधारीको पहिचान पनि खुलाइएको छैन। यसअघिका केही हत्याकाण्डमा समेत उनको संलग्नता भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

घटनाका बेला विश्वविद्यालय परिसरमा भागदौड मच्चिएको थियो। राष्ट्रपति पेत्र पाभेलले घटना चेकको इतिहासमै सर्वाधिक त्रासदीपूर्ण भएको बताए। मृतकहरुप्रति सम्मान व्यक्त गर्न भोलि शोकसभा गरिने भएको छ।

कमेन्ट लोड गर्नुस