सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको सङ्ख्या २० हजार नाघ्यो

२०८० पुष ५, ०७:३४ खबर संवाददाता

एजेन्सीः इजरायलको आक्रमणका कारण गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गएको अक्टोबर ७ तारिखदेखि अहिलेसम्म २० हजार जनाको ज्यान गएको बताएको छ।

ज्यान गुमाउनेमध्ये आठ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन्। अझै चार हजार नौ सय जनाभन्दा धेरै बेपत्ता रहेका छन्। यस्तै नौ हजार जना घाइते भएका छन्। सात दिने युद्धविरामबाहेक द्वन्द्व सुरु भएदेखि दैनिक औसतमा तीन सय जनाको ज्यान गएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय आपत्कालीन निर्देशक रिचर्ड ब्रेननले मृतकको सङ्ख्या अझै धेरै हुन सक्ने बताए। गाजाका डाक्टरहरूले कुनै पनि युद्ध क्षेत्रमा मृतकको गणना गर्नु चुनौती भएको भन्दै मृतकको सङ्ख्या उल्लेखनीयरूपमा बढी हुने सम्भावना रहेको बताएका छन्।
 

कमेन्ट लोड गर्नुस