सुदूर नेपाललाई विश्वसँग जोड्दै

संस्कृति मन्त्री किराती विरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

२०८० पुष ५, ०५:०५ खबर संवाददाता

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई कारबाहीको माग गर्दै नेपाल सनातन धर्म संस्कृति संगठनले बिहीवार काठमाडौंमा प्रदर्शन गरेको छ।

संगठनले बिहीवार दिउँसो पशुपति क्षेत्रमा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले ‘सुदन किराती राजीनामा दे’, ‘विभेदकारी मन्त्रीलाई कारबाही गर’, ‘धर्मनिरपेक्षता खारेज गर’जस्ता नारा लगाएका थिए।

बुधवार आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका मन्त्री किरातीले क्रिश्चियन धर्म नमान्नेहरूलाई संविधान विरोधी र देशद्रोहीको संज्ञा दिएका थिए। उनको सोहि अभिव्यक्तिलाई लिएर विरोध प्रर्दशन भएको छ।
 

कमेन्ट लोड गर्नुस