सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकाका विदेशमन्त्री नेपाल भ्रमणमा

२०८० पुष ५, ०६:११ खबर संवाददाता

काठमाडौँ: श्रीलंकाका विदेशमन्त्री एमयुएम अली साब्री चारदिने औपचारिक भ्रमणमा बुधवार नेपाल आएका छन्। नेपाल–श्रीलंकाका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यही पुस ५ र ६ गते काठमाडौँमा आयोगको बैठक हुँदैछ। विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन्। साथै दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नेछन्।

भ्रमणका क्रममा श्रीलंकाका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उनी पुस ७ गते काठमाडौँबाट कोलम्बोका लागि प्रस्थान गर्नेछन्।

कमेन्ट लोड गर्नुस