सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, आठ घाइते

२०८० पुष ५, ०६:०३ खबर संवाददाता

रुकुम पश्चिम: रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा गएराति ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

राडी बजारबाट घर्तीगाउँ जाँदै गरेको ट्याक्टर वडानम्बर–१० मा दुर्घटना भएको नगरप्रमुख रबि केसीले जानकारी दिए। उनका अनुसार कोट इर्जाखोला नजिकै भएको दुर्घटनामा अन्य ८ जना व्यक्ति घाइते भएका छन्। दुर्घटना लगत्तै घटनास्थलमा एम्बुलेन्स, प्रहरी र नगरप्रहरी खटिएको नगरप्रमुख केसीले बताए।

कमेन्ट लोड गर्नुस