सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेज गर्न राप्रपाले आन्दोलन गर्ने

२०८० पुष ३, ०४:५८ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजका लागि आन्दोलन गर्ने घोषणा गरेको छ। पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो।

पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए। आन्दोलनको तयारीका लागि पुस, माघमा देशैभर सभा र तयारीका काम गरिने उनले बताए। राप्रपाले फागुनमा मेची–महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय पनि गरेको छ।

राप्रपाले आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ। समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरु र आमन्त्रित केन्द्रीय सदस्यहरु रहनेछन्। साथै महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति समेत गठन गरिएको छ। 
1

2

कमेन्ट लोड गर्नुस