सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० पुष ३, ०८:३१ खबर संवाददाता

धनगढीः मोटरसाइकल दुर्घटनामा परेर कैलालीमा एक जनाको मृत्यु भएको छ।

कैलारी गाउँपालिका–७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल र से ५ प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा सोमवार साँझ दुर्घटना भएको हो। बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ।

घाइते भएका शिशिरको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते मोटरसाइकल चालक भजनी नगरपालिका–५ का २६ वर्षीय बिरबहादुर चौधरी र मोटरसाइकल पछाडी सवार २८ वर्षीय राजेश डगौराको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस