सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा गोदावरी नगरपालिका घेराउ

२०८० पुष २, ०२:३३ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियास्थित गोदावरी नगरपालिका घेराउ गरिएको छ।

गोदावरी नगरपालिका वडा नम्बर ६ का स्थानीयले आज (सोमबार) नगरपालिका कार्यालय घेराउ गरेका हुन्। छुटपिट नापीको माग गर्दै गोदावरी नगरपालिका वडा नम्बर ६ का स्थानीय आन्दोलित भएका छन्।

उनीहरु नाराबाजी गर्दै वडा नम्बर ६ देखि छुटपिट नापीको माग गर्दै नगरपालिका पुगेका छन्। वडावासीले छुटपिट नापी गराई पाउँ भन्दै नगरपालिकामा नाराबाजी गरेका छन्।

कमेन्ट लोड गर्नुस