सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा तत्कालिन समयका एक्ला डोजर चालक तक्की खानको निधन

२०८० पुष २, ०१:३९ खबर संवाददाता

धनगढीः राष्ट्रिय खेलाड तक्की खानको निधन भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका ८० वर्षीय तक्की खानको सोमबार राति निधन भएको हो।

धनगढीको त्रिनगर स्कुलमा ५ सम्म अध्ययन गरेका खानले २०२३ सालतिर सुदूरपश्चिममा सडक विभागको डोजर चलाउने काम गरेका थिए। सो समयमा उनी मात्रै सुदूरपश्चिमका एक्ला डोजर चालक थिए। उनले काठमाण्डौमा समेत राजा महेन्द्रको निगरानीमा करिब ४ महिना डोजर चलाएका थिए।

त्यहीबाट भारत्तोलन खेल्न सुरु गरेका तक्की खानले देशभर बिभिन्न ठाँउमा भएका खेलमा ४५ भन्दा बढी पदक जितेका थिए। उनले नेपालबाट भारत्तोलन खेल्न बंगलादेश पनि पुगेका थिए। उनले नेपाली चलचित्रमा खलनायको भूमिका पनि निर्वाह गरेका थिए। उनले महानायक राजेश हमालदेखि विराज भट्ट बलिउडका चर्चित नायिका खुस्बुसँग पनि काम गरेका थिए।

खलनायकको भूमिकामा अभियन गर्ने खानले मर्म, प्रतिक्षा, भरोसा, बौछार, य कैसिन नाता, उनको अंगरक्षक, सावन, रखवाला, अन्नदाता, अग्निपुत्र लगायत नेपाली ठुला पर्दाका २४ वटा फिल्ममा अभिनय गरेका छन्। भारतीय नायिका खुस्बुसँग अभिनय गरेको फिल्म चाहि ‘भुल नही जाना’ थियो।

कमेन्ट लोड गर्नुस