सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीरमौरीको मह खाँदा ७ जना बिरामी

। फोटो स्रोत ।
२०७६ वैशाख २२, ०५:०५ खबर संवाददाता

धादिङको रुवीभ्याली गाउँपालिका ४ बोराङमा भीर मौरीको मह खाँदा सात जना बिरामी भएका छन्। बिरामी परेका ७ जना मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। गम्भरि बिरामी भएका कान्छा लामा र तेसमान तामाङलाई हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ। 

मह खाएपछि बिरामी भएका मोक्ता लामा तामाङ, हिमाल विक, लालु विक, सुष्मा तामाङ, मि लामा तामाङको बोराङमै रहेको स्वास्थ्य बिन्दुमा उपचार भइरहेको वडाअध्यक्ष प्रशान्त तामाङले जानकारी दिए। मह खाएपछि उनीहरुमा काँप्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिएको तामाङले जानकारी बताए। 
 

कमेन्ट लोड गर्नुस