सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुवेतका अमिरको निधनमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाएर आज शोक मनाइने

२०८० पुष २, ०७:४७ खबर संवाददाता

काठमाडौँ: नेपाल सरकारले सोमवार एक दिने शोक मनाउने भएको छ। कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो। 

आइतवार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्को निर्णयमा कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने जनाएको छ। मन्त्रालयका अनुसार आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ। अमिरको ८६ वर्षको उमेरमा शनिवार निधन भएको थियो।

कमेन्ट लोड गर्नुस