काठमाडौँमा दुर्लभ वन्यजन्तु सालकको खपडासहित तीनजना पक्राउ
२०८० पुष १, ०५:४२
काठमाडौंः प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपडासहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार स्थायी घर दोलखा भएका २० वर्षीय अमृत लामा, २५ वर्षीय विशाल बस्नेत र २७ वर्षीय सुकविर तामाङलाई पक्राउ गरिएको छ।
उनीहरू ४४ इन्च लम्बाइ, २१ इन्च चौडाइ रहेको खुट्टाको नङ्ग्रासहितको सालकको खपडा र छालासहित प्रकाउ परेका छन्। कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस