सुदूर नेपाललाई विश्वसँग जोड्दै

इराकी सुरक्षाकर्मीले गरे १० वर्षपछि मतदान

२०८० पुष १, ०५:४६ खबर संवाददाता

इराकी सुरक्षाकर्मीहरूले १० वर्षको अन्तरालपछि शनिवार देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा मतदान गरेका छन्।

स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान शुरू भएको थियो। इराकको राजधानी बग्दाद र नजिकका तीन प्रान्तबाहेक देशका अन्य १५ प्रान्तका विभिन्न शहरहरूका मतदान केन्द्रहरूमा सैनिक र प्रहरीहरू मतदान गर्न लाइनमा बसेका देखिन्थे।

इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगको तथ्याङ्क अनुसार १५ वटा प्रान्तका ५६५ मतदान केन्द्रमा १० लाखभन्दा बढी सुरक्षाकर्मी मतदाताले मतदान गरेका छन्।इराकमा पछिल्लो प्रान्तीय निर्वाचन सन् २०१३ अप्रिलमा भएको थियो।

कमेन्ट लोड गर्नुस