सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन् २०२४ मा सात वटा मिसाइल प्रक्षेपण गर्ने रूसको योजना

२०८० मंसिर ३०, ०६:०३ खबर संवाददाता

एजेन्सीः रूसले सन् २०२४ मा सात वटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनीतिक योजना बनाएको रूसी मिसाइल फोर्सका रणनीतिक कमाण्डर लेफ्टिनेन्ट जनरल सर्गेई काराकायेभले बताएका छन्।

काराकायेभले पछिल्लो पाँच वर्षमा रूसी सेनाले प्ररीक्षण तथा तालिमका लागि २० भन्दा बढी  मिसाइल प्रक्षेपण गरेको बताए। काराकायेभले ओरेनवर्ग क्षेत्रको यास्नीपूर्वाधार प्रयोग गरी परीक्षण गरिएको बताउँदै आगामी वर्ष थप सात वटा प्रक्षेपण गर्ने योजना रहेको बताएका छन्।

रूस तथा संयुक्त अमेरिकाबीच अन्तरदेशीय मिसाइल र पन्डुबीहरू प्रक्षेपणको योजनाका विषयमा सुचना आदानप्रदान जारी रहेको समेत बताएका छन्। उनका अनुसार रूस र अमेरिकाले एक अर्कोलाई प्रक्षेपणको विषयमा एक दिनअघि नै जानकारी प्रदान गर्ने प्रचलन रहेको छ। 
 

कमेन्ट लोड गर्नुस