सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा चुनाव प्रचारमा गएकी एक महिलामाथि कांग्रेस कार्यकर्ताद्धारा ढुगां र चप्पल प्रहार

२०७६ वैशाख २२, ०२:२७ खबर संवाददाता

भारतमा स्थानिय चुनावको प्रचारप्रसार गर्न गएकी एक महिलालाई काग्रेंसका कार्यकर्ताले ढुंगा र चप्पल प्रहार गरेका छन्। स्थानीय निकाय चुनावमा भारतको तेलांगाना राज्यमा राष्ट्रिय समिति (टीआरएस) उम्मेदवारको लागि प्रचारप्रसार गर्न पुगेकी विधायक बनोतु हरिप्रिया नाइकमाथि ढुंगा र चप्पल प्रहार गरिएको हो। 

उनी पछिल्लो महिना मात्रै कांग्रेस पार्टी छोडेर टीआरएसमा सहभागी भएकी थिइन्। अहिले कांग्रेस कार्यकर्ताहरुको कडा विरोधको सामना गर्नु परिरहेको छ। प्रचारका लागि गाउँ पुगेकी विधायक नाइकमाथि कांग्रेस कार्यकर्ताले ढुंगा र चप्पल फ्याँक्न सुरु गरेका थिए। नाइक खम्मम जिल्लाको येल्लान्दु विधानसभा क्षेत्रकी विधायक हुन्। उनी गोविन्दराला गाउँमा टीआरएस उम्मेदवार एल. सुनीताको प्रचारप्रसार गर्न पुगेकी थिइन्। सुनीता मण्डल परिषद् सदस्यका लागि चुनाव लड्दैछिन्। 

आफुहरुले मेहनत गरेर पछिल्लो वर्ष डिसेम्बरमा भएको चुनाबमा नाईकलाई टआरए संगको कडा प्रतिस्पर्धामा जितायौं तर विधायक बनेको केही महिनामा नै उनले हाम्रो विस्वासलाई तोडेर टीआरएसमा गइन् एक कांग्रेस कार्यकर्ताले भने।

कांग्रेस कार्यकर्ताले उनीमाथि ढुंगा र चप्पल प्रहार गर्न थालेपछि टीआरएस कार्यकर्ताहरुले विधायक नाइकलाई चारै तीरबाट घेरेर सुरक्षा दिएका थिए। त्यसलगत्तै उनी कारमा बसेर त्यहाँबाट फर्किएकी थिइन्।  
 

कमेन्ट लोड गर्नुस