सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनशन बस्न गेटा पुगेका डाक्टर गोविन्द केसी फर्किए, कारण यस्तो छ

२०८० मंसिर २९, ०७:२७ खबर संवाददाता

धनगढीः डाक्टर गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै सत्याग्रहको घोषणा गरेका छन्। केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा अनशन बस्न गएका केसी अनशन नबसेरै फर्किएका छन्। अनशन बस्न गेटा पुगेका डाक्टर केसीलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रतिष्ठानको विषयलाई आफ्नो मागको मुद्दा नबनाउन आग्रह गरेपछि केसी अनशन नबसेरै फर्किको संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले बताए। 

‘डाक्टर केसीले उठाएका सबै मागमा हाम्रो पनि समर्थन छ तर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय नै भइसकेको अवस्थामा प्रतिष्ठानको विषयलाई लिएर अनशन बस्नु उचित होइन भनेर सम्झाउन खोज्यो तर उहाँले मान्नु भएन’, उनले भने। डाक्टर केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने भन्ने विषय विज्ञप्तिमा राख्नु भएको छ।

जबकी गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै स्थापना हुने नीतिगत निर्णय गरिसकिएको अवस्थामा फेरी प्रतिष्ठानको विषयलाई लिएर अनशन बस्नु उचित होइन भन्ने हाम्रो आग्रहलाई डाक्टर केसीले मान्नु भएन र उहाँ फर्किनु भयो, संघर्ष समितिका संयोजक पाण्डेले भने। डाक्टर केसीका सबै विषयप्रति हाम्रो समर्थन छ। मात्र एउटै आग्रह प्रतिष्ठान भन्ने स्थानमा विश्वविद्यालय राखिदिनुहोस् भन्ने मात्र हो, यति भन्दा उहाँ आफै जंगिएर फर्किको संघर्ष समितिको तर्क छ।

डाक्टर केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुगाउनुपर्ने माग अघि सारेका छन्। त्यस्तै यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन भन्ने उनको अर्को माग छ।

सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्नुपर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुगाउनुपर्ने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेल्धुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने लगायतका माग अघि सार्दै केसी गेटामा अनशन बस्न गएका थिए। तर प्रतिष्ठानको स्थानमा विश्वविद्यालय हुनुपर्ने संघर्ष समितिले आग्रह गरेपछि उनी अनशन नबसेरै फर्किएका छन्।

कमेन्ट लोड गर्नुस