सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेटवार्ता

२०७६ वैशाख २२, ०१:२८ खबर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीसंग सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले भेट गरेका छन्। राष्ट्रपति निवास सितलनिवास भेटवार्ता भएको हो। सो क्रममा राष्ट्रपति भण्डारीले प्रमुख प्रमुख मल्लको स्वास्थ्य अवस्थाको विषयमा चाँसो दिएकी प्रदेश प्रमुख मल्लका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिए। दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएर आईसकेपछि प्रदेश प्रमुख मल्लको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रपतिले जानकारी लिएको उनले बताए।

स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख मल्लको धनगढी र काठमाडौँमा विभिन्न अस्पतालमा उपचार भएपछि थप उपचाकार लागि दिल्ली लगिएको थियो। संघीय मन्त्रीपरिषद्को निर्णय अनुसार दिल्लीको मेदान्त अस्पतालमा उपचार भएको थियो। अहिले प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा धेरै सुधार आईसकेको छ। यस्तै भेटवार्तामा सुदूरपश्चिम प्रदेशको समसामयिह विषयवस्तुका बारेमा पनि छलफल भएको प्रदेश प्रमुख मल्लका प्रेस संयोजक ओझाले बताए। 
 

कमेन्ट लोड गर्नुस