सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभा चुनावमा नागरिक उन्मुक्तिले खोज्यो हिस्सा

२०८० मंसिर २८, ०४:५१ खबर संवाददाता

काठमाडौँः नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले राष्ट्रियसभा सदस्य चुनावमा गठबन्धनबाट कम्तीमा १ सिट हिस्सा खोजेको छ। नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष, भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सिट बाँडफाँटमा भाग लिन आग्रह गरेका छन्।

आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यका १९ सिटका लागि निर्वाचन हुँदैछ। गठबन्धन भित्रका नेपाली कांग्रेस, माओवादी, नेकपा एस र जसपाबीच भागबण्डाको छलफल चलिरहेका बेला नाउपाले समेत भाग खोजेको छ।

नाउपाका प्रतिनिधि सभामा ४, सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेशमा १ मत रहेको भन्दै हिस्सा पाउनुपर्ने दाबी गरेको छ। लुम्बिनी प्रदेश सरकारमा नाउपाको सहभागिताबारे पनि छलफल भएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस