सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन प्रक्रिया सुरु हुँदै

२०८० मंसिर २८, ०८:१७ खबर संवाददाता

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)को महाधिवेशन प्रक्रिया आजदेखि सुरु भएको छ।

सात प्रदेशका सात वडाबाट आज अधिवेशन सुरु गरिँदैछ। सात ठाउँका वडा अधिवेशन सुरु गर्न केन्द्रीय नेता खटाइएको रास्वपाले जनाएको छ।

कैलालीको टीकापुर नगरपालिका–१ मा सहमन्त्री विपिनकुमार आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका–६ मा संगठन विभाग सचिव शंकर श्रेष्ठ, बुटवल उपमहानगरपालिका–१३ मा कोषाध्यक्ष लिमा अधिकारी खटिएका छन्।

यस्तै, पोखरा महानगरपालिका–१० मा प्रमुख सचेतक सन्तोष परियार, भरतपुर महानगरपालिका–११ मा महामन्त्री मुकुल ढकाल, बारा जीतपुर सिमरा उपमहानगरपालिका–२ मा सहमहामन्त्री सुमना श्रेष्ठ र इटहरी उपमहानगरपालिका–२० मा केन्द्रीय सदस्य विजय जैरु खटिएको रास्वपाले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस