सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय संसदमा शंकास्पद् व्यक्तिको प्रवेश

२०८० मंसिर २७, ०६:०९ खबर संवाददाता

एजेन्सीः भारतीय संसद (लोकसभा) बैठक बसिरहेकै बेला शंकास्पद् व्यक्तिले प्रवेश गरी विरोध प्रदर्शन गरेका छन्। दुई जना शंकास्पद् व्यक्तिले बैठक चलिरहेकै बेला संंसदमा प्रवेश गरि जुत्ताभित्रबाट केही निकालेर संसद बैठकमा धुँवा धुँवा बनाएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले ’कलर स्मोग’ संसद बैठकभरि फैलाएका हुन्।

बुधवार संसद बैठक चलिरहेको थियो। सोही बेला ती व्यक्तिहरू बैठकमा प्रवेश गरी ’कलर स्मोग’ फैलाएका थिए। उनीहरू सभामुख बसेकै ठाउँतिर दोडेका थिए। सुरक्षाकर्मीले दुवैजनालाई पक्राउ गरेका छन्। अनुसन्धानबाट मात्रै कसले किन यस्ताखाले गतिविधि गरेको खुल्ने प्रहरी अधिकारीले बताए। यसअघि आजकै दिन सन् २००१ मा भारतीय संसदमा आक्रमण भएको थियो।
 

कमेन्ट लोड गर्नुस