सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरका तीन जिल्लाबाट भन्सार छलीका सामान बरामद

२०८० मंसिर २७, १२:१६ खबर संवाददाता

कैलालीः सुदूरपश्चिम प्रदेशको तीन जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १८ हजार ७ सय २० मूल्य बराबरको चिनी, मसला, बिडी, सलाई लगायतका सामान कैलाली प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

उता बैतडीको दशरथचन्द नगरपालिका-८ घोचाबाट १८ हजार ५ सय ५० मूल्य बराबरको धागो, जिरा, बिलेट, सलाई, टाउजर, कापी, चप्पल, खाने तेल बरामद गरिएको प्रहरीले जनाएको छ।

दशरथचन्द नगरपालिका-८ झुलाघाटबाट अन्दाजी ९ हजार ९ सय ५० मूल्य बराबरको सलाई, वदाम, चिनी, पेठा मिठाई, गुड पट्टी लगायतका सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ चौराह स्थित भित्री सडक खण्डवाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको छ। अन्दाजी ८५ हजार मूल्य बराबरको माछा र मोटरसाइकल थान–१ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। आवश्यक प्रक्रिया पुरा गरि उक्त माछा नष्ट गरिएको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस