सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले ल्याएको नीति अपरिस्कृत निबन्ध जस्तै भयो : डा. महत

। फोटो स्रोत ।
२०७६ वैशाख २२, ०७:३३ खबर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई अपरिस्कृत निबन्ध जस्तै  भएको बताएका छन्। शनिबार रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै डा. महतले भाषण गरेको शैलीमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको नसुहाएको आरोप लगाए। 

उनले भने, ‘नीति तथा कार्यक्रम भनेको त आगामी एक वर्षको लागि हो, तर सरकारले धेरै महत्वाकांक्षी योजना तथा कार्यक्रमहरु ल्याएको छ। जसको सम्भाव्यता अध्ययन गर्नै वर्षौं लाग्छ’, ‘यो सरकार कामभन्दा प्रचारमुखी छ। यसले ल्याएको नीति तथा कार्यक्रममा धेरै प्रोपोगाण्डा छन्।’

यस्तै उनले ‘नेपाल सरकार’ भन्नुपर्ने ठाउँमा पटक–पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुमा राष्ट्रपतिको दोष नभएर सरकारको दोष भएको पनि बताएका छन्। आफ्नो पार्टी निकटका नेताहरुको नाममा धेरै भन्दा धेरै कार्यक्रमहरु ल्याइएको प्रति पनि उनले गुनासो गरे। 

कमेन्ट लोड गर्नुस