सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापालको खोजी कार्य जारी

२०७६ वैशाख २२, ०७:२२ खबर संवाददाता

डडेल्धुरा-शनिवार दिउसो महाकाली नदीमा बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्मर पालको खोजी कार्य जारी राखिएको छ। बेपत्ता भएका पालको खोजी गर्न जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीको नेतृत्वमा प्रहरीको टोली घटनास्थल गएको थियो भने सशस्त्र प्रहरी पनि परिचालन भएको छ। गाउँपालिकाको एक टोली समेत खोजी कार्यमा सक्रिय रहेको गाउँपालिकाका अध्यक्ष कौशीला भट्टले जानकारी दिईन्। बेपत्ता भएको झण्डै १५ घण्टा वितिसकेको छ। 

२५ बर्षीय सहायक लेखापाल पाल महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। भागेश्वर गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि र कर्मचारीहरु योजना अनुगमनसंगै शनिवारको दिन भएकाले गाउँपालिकाको वडा नम्वर १ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका थिए। 
 

कमेन्ट लोड गर्नुस