सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरको रानीकुलोमा महिला मृत अबस्थामा फेला

२०८० मंसिर २६, १२:२९ खबर संवाददाता

कैलालीः कैलालीको टीकापुरमा एक महिला मृत अबस्थामा फेला परेकी छिन्।

टिकापुर नगरपालिका-५ झन्झटपुर स्थित रानीकुलोमा सोही ठाँउ बस्ने ८५ वर्षीया धनसरा देवी शाह सोमवार दिउँसो मृत अबस्थामा फेला परेकी हुन्। उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस