सुदूर नेपाललाई विश्वसँग जोड्दै

निःशुल्क स्वास्थ्य शिविरमा ८ सय १ जनाले लिए सेवा 

२०८० मंसिर २६, ११:५५ खबर संवाददाता

धनगढीः निःशुल्क स्वास्थ्य शिविरमा ८ सय १ जनाले सेवा लिएका छन्। धनगढी उपमहानगरपालिका-­१९ फुलबारी स्वास्थ्य चौकीमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ५६२ महिला र २३९ पुरुष गरी जम्मा ८०१ जनाले सेवा लिएका हुन्।

जस्मा नयाँ ४७७ जना र फलोअपमा ३२४ आएको नगरपालिकाले जनाएको छ। धनगढी उपमहानगरपालिका र सुस्वास्थ्य हस्पिटल काठमाडौंको सहकार्यमा यही मंसिर २३ गतदेखि २५ गते सम्म निःशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो। 
 

कमेन्ट लोड गर्नुस