एनसेल प्रकरणः सिंहदरवार अगाडि युवाहरुको प्रदर्शन
काठमाडौंः अहिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको सेयर खरिदबिक्री प्रकरण चर्चामा रहेको छ। जसका लागि सरकारले पनि छानबिन समिति गठन गरेको छ। कर छलि गर्ने उदेश्यका साथ एनसेलले शेयर खरिदबिक्री गरेको बुझाइ आम नागरिकको छ।
संसदीय लेखा समिति, राजनीतिक दल, बुद्धिजिवी र आम नागरिकले यस प्रकरणमा चासो दिइरहेका छन्। यसैबीच ‘ब्याग्स अफ होप’ ले पनि यस प्रकरणमा सत्य तथ्य छानबिन हुनु पर्ने भन्दै प्रदर्शन गरेको छ। सोमबार सिंहदरवार अगाडि ‘ ब्याग्स अफ होप’ को टिमले सरकारका विरुद्ध प्रदर्शन गरेको हो।
युवाहरुको उक्त टिमले एनसेलको अवैध खरिदबिक्रि रोक्का गर, एनसेललाई राष्ट्रियकरण गर, छानबिन समितिले देशको हितमा निर्णय गरोस् भन्ने प्ले कार्डहरु बोकेका थिए। ‘ ब्याग्स अफ होप’ का अध्यक्ष नितिश जोशीले सामाजिक, राजनीतिक लगायत समग्र विकृतीका विरुद्ध आफूहरुको संघर्ष जारी रहने बताए।