सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको भागेश्वर गाउँपालिकाका सहायक लेखापाल महाकालीमा वेपत्ता

२०७६ वैशाख २१, ०७:०८

डडेल्धुरा- डडेल्धुराको भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल  महाकाली नदीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका छन। शनिबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका वडा नम्बर १ रुपाल स्थित महाकाली नदी किनारमा  वनभोजमा गएका थिए सोही समयमा महाकाली नदीमा नुहाउने क्रममा सहायक लेखापाल पाल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बर केसीले जानकारी दिए । प्रहरीका अनुसार उनको खोजी भइरहेको छ। गाउँपालिका अध्यक्ष कौशीला भट्ट सहितका जनप्रतिनिधि पनि वनभोज खान महाकाली नदी किनारमा गएका थिए।

कमेन्ट लोड गर्नुस