सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद

२०८० मंसिर २५, ०९:४२ खबर संवाददाता

कैलालीः दुई जिल्लाबाट अबैध भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ मा अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २६ हजार २ सय मूल्य बराबरको चिनी, सलाई, जुत्ती लगायतका सामान बरामद गरिएको हो। प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजार स्थित गुम्बा नजिकैबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी २० हजार मूल्य  बराबरको सवारी साधनमा प्रयोग गरिने ईन्जिन आयल आईतवार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञचनपुरले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस