सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा

२०८० मंसिर २५, ०६:०१ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्। गजुरेलले २० मंसिरमा राजीनामा दिएको भएपनि अहिलेसम्म स्वीकृत भने नभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

गजुरेलले पार्टीको काममा केन्द्रित हुने उद्देस्यले मुख्य सल्लाहकारको पदबाट राजीनामा दिएको कुरा उल्लेख गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव गजुरेललाई प्रधानमन्त्री प्रचण्डले गत वर्षको माघ ९ गते आफ्नो मुख्य सल्लाहकारमा नियुक्त गेका थिए। 

कमेन्ट लोड गर्नुस