सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय गोजुरियो कराँते दो संघ सुदूरपश्चिमको अध्यक्षमा कुवँर

२०७६ वैशाख २१, ०३:३४ खबर संवाददाता

राष्ट्रिय गोजुरियो  कराँते दो  संघ सुदूरपश्चिमको अध्यक्षमा अरुण कुवँर चयन भएका छन्। कुवँरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरिएको हो। संघको उपाध्यक्ष प्रथम महेन्द्र सिंह, महासचिव हरि जोशी, सचिव विपीन कटुवाल चयन भएका छन्। यस्तै सदस्य कराँते संघको सदस्यहरुमा किशोर शाह, विराज रोस्यारा, हेमन्त रेग्मी , तिलक साउँद, गोविन्द बानिया, कविता शाही, अर्जुन जैगडी, छत्र रावल, पवन शाहु, नविन सिंह र कु्वेर खडका चयन भएका छन्। संघको उपाध्यक्ष, कोषाध्यक्ष र थप सदस्य भने कार्य समिति बैठकबाट मनोनयन गरिने बताईएको छ। कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले आज एक कार्यक्रमका बिच सपथ ग्रहण गरेका छन्। 

कमेन्ट लोड गर्नुस