सुदूर नेपाललाई विश्वसँग जोड्दै

लेबनान–इजरायल सीमामा भिडन्त हुदा ६ जनाको मृत्यु

२०८० मंसिर २३, ०५:५१ खबर संवाददाता

लेबनान–इजराइल सीमामा शुक्रवार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकु र प्यालेस्टिनी इस्लामिक जिहाद पिआइजे अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ। दक्षिणी लेबनानमा सीमावर्ती इलाकालाई निशाना बनाएर गरिएको इजराइली बमबारीमा चार लेबनानी नागरिक र दुई लेबनानी सैनिक घाइते भएका छन्।

दुई अलगअलग इजराइली आक्रमणमा चार हिजबुल्लाह लडाकु मारिएको उल्लेख गरेको छ। दक्षिण पश्चिम लेबनानको जङ्गली क्षेत्रलाई निशाना बनाएर गरिएको इजराइली आक्रमणमा पिआइजेका दुई सदस्यको मृत्यु भएको थियो।

सैन्य सूत्रका अनुसार लेबनानको दक्षिण पश्चिममा २६ र दक्षिणपूर्वका १५ सहर र गाउँमा इजराइलले बमबारी गरेको छ। यसैबीच आफ्ना लडाकुले इजराइलका सात स्थानमा आक्रमण गर्दा एकजनाको मृत्यु भएको र अन्य एक घाइते भएको हिजबुल्लाहले बताएको छ।
 

कमेन्ट लोड गर्नुस