सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा शक्तिशाली समुद्री आँधी ‘फानी’ : ८ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख २१, ०३:०० खबर संवाददाता

बंगालको खाडीबाट विकसित भएको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण भारतमा ८ जनाको मृत्यु भएको छ। उडिसाका १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। पूर्वी तटीय राज्य उडिसामा सबैभन्दा बढी क्षति र्पुयाएको छ। पर्यटकीय सहर पुरी पनि यसबाट निकै प्रभावित भएको छ। 
तीव्रगतिमा आएको आँधीका कारण पुरीमा १६० मानिस घाइते भएका छन्। प्रतिघन्टा २०० किलोमिटरका दरले आएको आँधीले ठूलो मात्रामा भौतिक सम्पत्तिमा क्षति भएको छ। 

मानवीय क्षति हुन नदिन तटीय क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा राखिएको छ। भारतको मौसम पूर्वानुमान विभागले पानी उडिसाको खुर्दा, कटक, बलासोर, भद्रा, भुवनेश्वर हुँदै पश्चिम बंगलादेशतर्फ लागेको जनाएको छ। यसले बंगालका कोलकातालगायतका हुग्ली, भारग्राम, मेदिनिपुरलगायतका जिल्लासमेत प्रभावित भएका छन्।

यस्तै उता बंगलादेशमा पनि ‘फानी’ आँधीका कारण एकजनाको मृत्यु भएको छ। बंगलादेशका करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा राखिएको अधिकारीहरुले जनाएका छन।
 

कमेन्ट लोड गर्नुस