कञ्चनपुरमा लागूऔषधसहित ३ युवक पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ३ युवक पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट लालझाडी गाउँपालिका–३ बल्मी बस्ने २२ वर्षका आशिष राना, कृष्णपुर नगरपालिका–२ बाणी बस्ने २४ वर्षका सुरेश खुना र बर्दियाको गुलरिया नगरपालिका–१२ टपरी बस्ने ३५ वर्षका श्याम चौधरी पक्राउ परेका हुन्। तीनै जनालाई २ ग्राम ६७० मिलीग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।


