सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनमत पार्टी र नागरिक उन्मुक्तिबिच एकताका लागि छलफल

२०८० मंसिर २२, ०५:५० खबर संवाददाता

काठमाडौँः  डा.सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच चुनावी तालमेल हुने देखिएको छ। यसका लागि जनमत पार्टीका अध्यक्ष राउत र उन्मुक्ति पार्टीका संरक्षक चौधरीबिच पटकपटक छलफल भएको छ। तर अहिले नै निष्कर्षमा नपुगेको जनमत पार्टीले जनाएको छ। यद्यपि दुवै पक्षबिच छलफल जारी छ।

२०७९ पुस २४ गते दुई पार्टीबिच कार्यगत एकता भएको थियो। कार्यगत एकता भएको भोलिपल्ट जनमत पार्टीका अध्यक्ष राउतले सञ्चारकर्मीसँग भनेका थिए, ‘नागरिक उन्मुक्तिसँग पार्टी एकता हुन सक्छ किनभने हाम्रा एजेन्डा धेरै हदसम्म समान छन्।’ तर पछिल्लो समय सो पार्टीले २०८४ को निर्वाचनमा एक्लै चुनाव लड्ने घोषणा गरेको छ। जनमत पार्टीका उपाध्यक्ष दीपक साहले दुई दलबिच पहिला पनि कार्यगत एकताका लागि हस्ताक्षर भएको र त्यसपछि पनि अनौपचारिक कुराकानी भइरहेको बताए। अरु पार्टीभन्दा पनि नागरिक उन्मुक्तिसँग कार्यगत एकता हुने सभ्भावना निकै रहेको उनले बताए।

नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले आफूहरु अहिले महाधिवेशनको तयारीमा रहेका कारण त्यतातिर अहिले ध्यान नगएको बताए। महाधिवेशनपछि त्यस विषयमा छलफल हुने सम्भावना रहेको उनले प्रस्ट पारे।
 

कमेन्ट लोड गर्नुस