सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरीका पठाइदिने भन्दै ठगी गर्ने कैलालीका एक जना पक्राउ

२०८० मंसिर २१, १०:४० खबर संवाददाता

धनगढीः अमेरीका पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँबाट एक जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका–१ का २८ वर्षीेय रमेश न्यौपाने बिहीवार काठमाडौँमा पक्राउ परेका हुन्। न्यौपानेले अमेरिका पठाइदिने भन्दै ६४ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

उनी काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए। न्यौपानेलाई बिहीवार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले बताए।
 

कमेन्ट लोड गर्नुस