सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापा–५ मा ओली २५ हजार मतले पछाडि

२०८२ फाल्गुन २३, ०९:१० खबर संवाददाता

झापाः झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम राखेका छन्। 

रास्वपा उम्मेदवार शाहले ३४ हजार ८६३ मत प्राप्त गर्दा नेकपा (एमाले) अध्यक्षसमेत रहेका ओलीले ९ हजार ६८ मत मात्र प्राप्त गरेका छन्। अध्यक्ष ओलीभन्दा रास्वपाका वरिष्ठ नेता शाह २५ हजार ७९५ मतले अगाडि छन्े। यो निर्वाचन क्षेत्रमा ५२ हजार २०७ मत गणना भएको छ।

झापा ५ मा कूल मतदातामध्ये ६५ दशमलव ११ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। उनका अनुसार यो निर्वाचन क्षेत्रमा एक लाख छ हजार ५६८ मत खसेको छ। आधा मत गणना हुँदा ओली २५ हजार मतले पछाडि परेका हुन्। 

कमेन्ट लोड गर्नुस