सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एकै दिन ६ जना लागु औषधसहित पक्राउ

२०८० मंसिर २१, ०२:४२ खबर संवाददाता

धनगढीः कञ्चनपुरबाट एकै दिन ६ जना लागु औषधसहित पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ बैवाहबाट तीन र बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहबाट तीन जना पक्राउ परेका हुन्।

जिल्लाका बेलडाँडी गाउँपालिका वडा नम्बर ४ बैवाहबाट खैरो हेरोईन जस्तो देखिने एक ग्राम ९ सय ३० मिलीग्रामसहित ३ जनालाई बुधवार पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका वडा नम्ब्र २ का १८ वर्षीय किशोर, कृष्णपुर नगरपालिका नम्बर ५ का १९ वर्षीय शिवराज भट्ट र शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ का २३ वर्षीय अर्जुन रावत रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले साईकलमा सवार उनीहरूलाई लागु औषधसहित पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहबाट खैरो हेरोईनसहित तीन जना पक्राउ परेका छन। ७७ मिलिग्रामसहित कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपरिया का २९ वर्षीय पुरुषोत्तम राना, २२ वर्षीय जयराम राना र बेलौरी नगरपालिका वडा नम्बर २ गोकुलपुर का २८ वर्षीय मंगल चौधरी पक्राउ परेका हुन। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–००७ प ९९०१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उनीहरूलाई लागु औषधसहित नियन्त्रणमा लिएको हो।

 

कमेन्ट लोड गर्नुस