सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ६ लेन सडकमा दुर्घटना

२०८० मंसिर २१, ०१:४५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीस्थित ६ लेन सडकमा दुर्घटना भएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडकको माया मेट्रो अस्पताल अगाडि दुर्घटना भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीका अनुसार से १ ख १००३ नम्बरको बस र से ३ प १२४१ नम्बरको स्कुटर आपसमा ठोकिएका हुन्। दुर्घटनामा घाइते स्कुटर चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १३ की विमला घिमिरेको माया मेट्रो अस्पतालमा उपचार हुँदैछ। बसका चालक धनगढी उपमहानगरपालिका वडा नम्बर २ का भागिराम चौधरी र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

कमेन्ट लोड गर्नुस