सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्कारपियोसहित २३ लाखको अवैध सामान बरामद

२०८० मंसिर २१, ०१:२४ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा स्कारपियोसहित २३ लाखको अवैध सामान बरामद गरिएको छ। वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगाना नेतृत्वको टोलीले बुधवार आगाडिबाट भारतबाट भन्सार छली गरि ल्याइएको खेलकुदका सामान, हार्वयर, स्टेशनरी तथा कपडा समेत बरामद गरिएको प्रहरीले जनाएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर क्षेत्रबाट विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा डडेल्धुराको गन्यापधुरा गाउँपालिका बस्ने ३५ वर्षीय राजु देउवाले चलाएको ग २ च १७७ नम्बरको स्कारपियोमा अवैध सामान भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

स्कारपियोसहित भन्सार छली गरेर ल्याइएको २३ लाख ८ हजार ५ सय २० रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस