सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटकको प्रतिबन्ध हटाउने प्रधानमन्त्रीको संकेत

२०८० मंसिर १९, १२:०० खबर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने संकेत गरेका छन्। सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको र त्यसमा टिकटकमाथि नियमनको प्रावधान राख्न सकिने उनको भनाइ छ।

‘विधेयक आउँदै छ। त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ,’ प्रधानमन्त्रीको भनाइ छ। टिकटक सधैँका लागि बन्द गर्ने आफ्नो र सरकारको नियत नभएको उनको प्रस्टीकरण छ।
प्रमुख प्रतिपक्षी एमालेका अध्यक्षदेखि सत्तागठबन्धनका नेताहरूले पटक–पटक टिकटक बन्द गर्न सुझाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

‘दलहरूको बैठक बस्यो कि नेताहरूले यो बन्द गरौँ भन्ने। एमाले अध्यक्षले त यो टिकटकले देश बर्बाद गर्न थालिसक्यो भन्नुभयो,’ उनले भने, ‘सुरुमा त मैले विवाद हुन्छ भनेर दुई–तीन महिना पर नै सारेको हो। तर, पछि आफूलाई पनि साँच्चिकै विचलन ल्यायो कि भन्ने लाग्यो । त्यसैले हाललाई बन्द गरौँ भन्ने भएर गरिएको हो।’ विधेयकमा के–कस्ता नियमनकारी प्रावधान राख्न सकिन्छ भनेर सुझाव दिन पनि उनले आग्रह गरे।

कमेन्ट लोड गर्नुस