सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीको महाधिवेशन सार्न झलनाथ खनाल सहमत

२०८० मंसिर १८, ०९:४२ खबर संवाददाता

काठमाडौंः एकीकृत समाजवादीको माघमा गर्ने भनिएको महाधिवेशन सार्न नेताहरू सहमत भएका छन्। सोमवार बसेको पार्टीको सचिवालय बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता जगन्नाथ खतिवडाले महाधिवेशनको मिति सार्न नेताहरू सहमत भएको जानकारी दिए। खतिवडाका अनुसार बैठकले अर्को मिति तय गर्न सकेन।

‘आज हामीले महाधिवेशनबारे छलफल गर्यौँ। त्यसबारे थप निर्णय भोलि गर्छौँ,’ उनले भने, ‘भोलि बिहान ११ बजेबाट फेरि बैठक बस्छ।’उनले महाधिवेशनको विषयलाई लिएर पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच कुनै विमति नरहेको दाबी गरे। माघमा गर्ने भनिएको महाधिवेशन राष्ट्रिय सभा निर्वाचनका कारण सार्न लागिएको हो। 
 

कमेन्ट लोड गर्नुस