सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन खानी उत्खनन अध्ययन गरिने

। फोटो स्रोत ।
२०७६ वैशाख २०, ०९:४६ खबर संवाददाता

सरकारले आगामी वर्षदेखि सुन खानी उत्खनन्को अध्ययन गर्ने भएको छ। सरकारको आर्थिक वर्ष २०७६्०७७ नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार आगामी वर्षदेखि सुन खानी उत्खनन अध्ययन गर्ने भएको हो। ‘दैलेखको पेट्रोलियम, जाजरकोटको बहुमूल्य पत्थर, तामा, पर्वत र तनहुँको फलाम र मुस्ताङको युरेनियम खानी तथा सम्भाव्य स्थानमा सुन खानी उत्खनन्का लागि आगामी वर्ष अध्ययन कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ’, आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले बहुमूल्य पत्थरको प्रशोधन कारखाना स्थापना गरि प्रशोधित बहुमूल्य पत्थरको निकासी प्रवर्द्धन समेत गर्ने नीति लिएको छ।

कमेन्ट लोड गर्नुस