सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाबाट लागुऔषधसहित तीन जना पक्राउ

२०८० मंसिर १७, ०८:४३ खबर संवाददाता

धनगढीः अत्तरियाबाट लागुऔषधसहित आइतवार साँझ तीन जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–१ धनगढी रोडबाट सोहि ठाउँका २२ वर्षीय चन्द्र महता, गोदावरी नगरपालिका–५ का २५ वर्षीय गोकुल श्रेष्ठ र धनगढी उपमहानगरपालिका–१३ का २९ वर्षीय मेघराज बुढाथोकी पक्राउ परेका छन्।

उनीहरुलाई लागुऔषध खरिद बिक्री गरिरहेको अवस्थामा १४० मिलीग्राम लागुऔषधसहित  पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस