सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक लाख बढीको अवैध सामान बरामद

२०८० मंसिर १७, ०४:३८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले भन्सार छलीको अवैध सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–५ बनगाउँमा भारतबाट भन्सार छली ल्याएका खाद्यय सामान बरामद गरेको हो।

अन्दाजी १ लाख ६० हजार ८ सय २५ रुपैँया बराबरका चिनी, मिश्री, पेठा, नरिवल, तरकारी लगाएतको सामान बरामद गरेको हो। बरामद गरेको सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
 

कमेन्ट लोड गर्नुस