सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

२०८० मंसिर १७, ०१:४३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको वेदकोट नगरपालिका–६ का २४ वर्षीय प्रदिप मार्कण्ड र २४ वर्षीय निश्चल केसी लागुऔषधसहित पक्राउ परेका हुन्। शनिबार राति भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर नजिकबाट एक ग्राम ८३ मिलिग्राम लागुऔषधसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो। त्यस्तै बेदकोट नगरपालिका–१० सिसैयाका २३ वर्षीय आकाश ठगुन्ना पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस