सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी कर्मचारीको तलब बढाइने

२०७६ वैशाख २०, ०९:२७ खबर संवाददाता

सरकारले आगामी वर्षको बजेटबाट सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरेको छ। आज संसदमा प्रस्तुत नीति तथा कार्यक्रमबाट सरकारले कर्मचारीहरुलाई हालसम्म प्रदान गरिंदै आएको सेवा सुविधामा पुनरावलोकन गर्ने नीति लिएको छ।
अघिल्लो वर्ष तलब भत्तामात्र बढेकोमा कर्मचारीहरु यो वर्ष तलब बढाउनुपर्ने लविङ रहेका छन्।

अलमल गर्ने, काम नगर्ने, अनुशासनहीन, अनियमितता र भ्रष्टाचारमा संलग्न हुने जोकोहीलाई कडा कारबाही गरी राम्रो काम गर्ने पुरस्कृत गर्ने परम्परा बसाल्ने नीति अख्तियार गरी सरकारले कार्यक्रममा उल्लेख गरेको छ।
 

कमेन्ट लोड गर्नुस