सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी कार्यालय अगाडि धनगढीको मुख्य सडक २१ मिटर खाली गरिँदै

२०८० मंसिर १६, ०१:३३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी चौराहदेखि कैलाली पुलसम्म २१ मिटर सडक क्षेत्र खाली गरिँदैछ।

May be an image of 3 people

निर्माणाधिन धनगढी चौराह–कैलाली पुलसम्म सरकारी कार्यालयहरुलाई २१ मिटर सडक क्षेत्र पूर्ण रुपमा खाली गर्न धनगढी उपमहानगरपालिकाले पत्राचार गरेको थियो। साेही अनुसार उपमहानगरपालिकाको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारले चासो देखाएको हाे। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले सडकको मापदण्ड अनुसार २१ मिटर (१५ मिटर र ६ मिटर सेटव्यागसहित) २१ मिटर सडकको क्षेत्राधिकार खाली गराउन तत्परता देखाएको छ।

May be an image of 1 person and monument

मुख्यमन्त्री कमलबहादुर शाह, प्रमुख सचिव हरिप्रसाद लम्साल लगायत मन्त्रीपरिषद कार्यालयले धनगढी चौराह–कैलाली पुल २१ मिटर सडक क्षेत्र खाली गराउने कामलाई अगाडी बढाइएको छ। हिजो (शुक्रबार) धनगढी उपमहानगरपालिकाको प्राविधिक टोलीले मुख्यमन्त्री एवं मन्त्रीपरिषदको कार्यालयसँग आवश्यक समन्वय गरेर पुनः २१ मिटर सडक क्षेत्र खाली गराउन चिन्ह लगाएको हो।

May be an image of 7 people, tree and grass

यस काममा सहयोग गर्ने मुख्यमन्त्री, प्रमुख सचिव तथा मन्त्रीपरिषद कार्यालयलाई उपमहानगरपालिकाले धन्यवाद समेत दिएको छ। बढ्दो सवारी चाप र जनसंख्यालाई मध्यनजर गरी धनगढी चौराहदेखि कैलाली पुलसम्म सडक चौडा बनाउने काममा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काममा तीव्रता दिने प्रयास भइरहेको उपमहानगरपालिकाले जनाएको छ।

धनगढीका अटेरी सरकारी कार्यालय, सडकको क्षेत्राधिकार खाली गर्न बेवास्ता

कमेन्ट लोड गर्नुस